सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वराजा शाहद्वारा शिवनगर महादेव मन्दिरमा पूजाआजा

मङ्गलबार, ०२ माघ २०८०, १५ : ५८
मङ्गलबार, ०२ माघ २०८०

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलवार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्व राजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। 

सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए। पूर्व राजा शाहले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए।

उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए। पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप