सुर्खेत विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेत विमानस्थलको विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विमानस्थल विस्तारको विषयमा वीरेन्द्रनगर नगरपालिकाले गरेको निर्णय बुझ्दै शर्माले विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
उनले भने, ‘सुर्खेतमा नयाँ विमानस्थल निर्माणको विषयको चर्चा हुँदै गर्दा पुरानो ९भइरहेको० विमानस्थलको विस्तार र स्तोरन्नती गरिदिनुपर्दछ । सबै पक्षबाट आवश्यक सहयोग लिएर काम अगाडि बढाइन्छ ।’
मुख्यमन्त्री शर्माले विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा बजेट भने नरहेको प्रष्ट पारे ।
प्रदेश सरकारले २०७६ सालदेखिनै विस्तार कार्यका लागि पहल गरिरहेको थियो । तर, स्थानीय जनता र सुर्खेतका नेताहरुको साथ नपाउँदा पछि हट्नुपर्यो ।
पूर्वी सुर्खेतको रामघाटमा विमानस्थल बनाउने र अहिलेको विमानस्थललाई कमजोर पार्ने गरी डकुमेन्टहरु बाहिर आएपनि नेताहरु वर्तमान विमानस्थल विस्तार गर्नुपर्ने पक्षमा उभिएका हुन् ।
नगरपालिकाले केही दिनअघि विस्तारका विषयमा कार्यपालिकामार्फत गरेका निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।
नगरप्रमुख मोहनमाया ढकालले विगतको निर्णयलाई सच्याउँदै विस्तारका लागि नगरपालिका सहयोग गर्न तयार भइरहेको बताएकी छिन् । नगरपालिकाले यसअघि जनताको प्रतिनिधित्व गर्ने भन्दै विकल्प खोज्न आग्रह गरेको थियो । तर, अहिले उक्त निर्णय सच्याउँदै विस्तारको पक्षमा उभिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण