मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री शर्मा

बुधबार, ०३ माघ २०८०, १६ : २६
बुधबार, ०३ माघ २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेत विमानस्थलको विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । 

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विमानस्थल विस्तारको विषयमा वीरेन्द्रनगर नगरपालिकाले गरेको निर्णय बुझ्दै शर्माले विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् । 

उनले भने, ‘सुर्खेतमा नयाँ विमानस्थल निर्माणको विषयको चर्चा हुँदै गर्दा पुरानो ९भइरहेको० विमानस्थलको विस्तार र स्तोरन्नती गरिदिनुपर्दछ । सबै पक्षबाट आवश्यक सहयोग लिएर काम अगाडि बढाइन्छ ।’ 

मुख्यमन्त्री शर्माले विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा बजेट भने नरहेको प्रष्ट पारे । 

प्रदेश सरकारले २०७६ सालदेखिनै विस्तार कार्यका लागि पहल गरिरहेको थियो । तर, स्थानीय जनता र सुर्खेतका नेताहरुको साथ नपाउँदा पछि हट्नुपर्‍यो ।  

पूर्वी सुर्खेतको रामघाटमा विमानस्थल बनाउने र अहिलेको  विमानस्थललाई कमजोर पार्ने गरी डकुमेन्टहरु बाहिर आएपनि नेताहरु वर्तमान विमानस्थल विस्तार गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

नगरपालिकाले केही दिनअघि विस्तारका विषयमा कार्यपालिकामार्फत गरेका निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको हो । 

नगरप्रमुख मोहनमाया ढकालले विगतको निर्णयलाई सच्याउँदै विस्तारका लागि नगरपालिका सहयोग गर्न तयार भइरहेको बताएकी छिन् । नगरपालिकाले यसअघि जनताको प्रतिनिधित्व गर्ने भन्दै विकल्प खोज्न आग्रह गरेको थियो । तर, अहिले उक्त निर्णय सच्याउँदै विस्तारको पक्षमा उभिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप