टाइगर कप भलिबल : उत्कृष्ट पुनरागमन गर्दै डिफेण्डिङ च्याम्पियन एपिएफ फाइनलमा
बिहीबार, ०४ माघ २०८०, ११ : ४२
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत महिला तर्फको खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ फाइनल प्रवेश गरेको छ । अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर एपिएफ फाइनल प्रवेश गरेको हो ।
पहिलो सेट १९–२५ र दोस्रो सेट २०–२५ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला तीन सेटमा लगातार जित निकाल्यो ।
तेस्रो सेट २५–१२, चौंथो सेट २५–१६ र अन्तिम सेट १५-१३ स्कोर सहित एपिएफले खेल आफ्नो पोल्टामा पार्यो । एपिएफले अब न्यु डायमण्ड र नेपाल पुलिस क्लबबिच हुने खेलको विजेतासँग फाइनल खेल्ने छ । उक्त खेलमा पराजित भएको टिमसँग आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण