सडक भासिएर सिंगो बस्ती जोखिममा परेपछि शंखरापुरका मेयर नापितको दौडधुप
काठमाडौँ- मेलम्ची सहायक राजमार्ग अन्तर्गत शंखरापुर १ नाङ्लेमा सडक भासिएर बस्ती जोखिममा परेको छ । नाङ्लेस्थित गउरुङ टोलभन्दा माथि रहेको सडकको ग्याविन वाल भत्किएर लड्ने अवस्थामा पुगेपछि सडकमुनीका झन्डै १० घरपरिवार जोखिममा परेका छन् । अघिल्लो वर्षदेखि सडक भासिन सुरु गरेपनि गत वर्षायामदेखि झन्डै सय मिटर हाराहारी सडकको भाग भासिएर पहिरोको रुपमा खस्ने जोखिम अवस्थामा रहेको छ ।
बिहीबार शंखरापुर नगरप्रमुख रमेश नापितले सडक डिभिजन कार्यालय काठमाडौँमा प्रमुख नारायणदत्त भण्डारीलाई सो सडक भासिएर बस्ती जोखिममा परेको अवस्थाबारे ध्यानाकर्षण गराउँदै निर्माण गर्नका लागि आग्रह गरे ।

डिभिजन प्रमुख भण्डारीलाई नापितले भने,‘साँखु मेलम्ची सडक खण्डको नाङ्लेमा सडक भासिएर बस्ती जोखिममा पर्यो । पानी परेको बेला वृद्ध बच्चालाई लिएर घर छोडेर हिँड्नुपर्ने अवस्था रहेको छ । सडक नाजुक अवस्थामा पुगेको छ । सडकमुनी घर भएका जनताले सडकका लागि जग्गा पनि दिएका छन् तर सडकको अवस्था खतरनाक अवस्थामा छ । उनीहरु राम्रोसँग सुत्न सकेका छैनन् । त्यो सडक भत्केर क्षति भएमा त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्ने हुन्छ । कसरी हुन्छ चाँडो भन्दा चाँडो यो सडक निर्माण गर्नुप¥यो ।’
डिभिजन प्रमुख भण्डारीले सो सडक आयोजना संघबाट प्रदेशमा गएकोले काम गर्न समस्या भएको बताए । सो सडक अन्तर्गत यसअघि संघबाट ठेक्का लागेको तर गत साउनदेखि बागमती प्रदेश सरकार मातहत गएकोले सो सडक निर्माणको ठेक्का प्रदेशलाई बुझाउन तयार रहेको बताए ।

मेयर नापितले बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रीलाई पटक पटक भेटेर जानकारी गराउँदापनि सो सडक मर्मतका लागि सुनुवाइ नभएको गुनासो गरे । प्रदेशका मन्त्रीले संघको भौतिक मन्त्रालयमा पत्र पठाएको आफूलाई जानकारी गराएको भन्दै संघकै तर्फबाट गर्न सक्ने काम गर्नका लागि मेयर नापितले आग्रह गरे । वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङ सहित ध्यानाकर्षण गराउन सडक डिभिजन कार्यालय काठमाडौँ पुगेका मेयर नापितले वर्षायाम अगाडि मर्मत गराउन आफू लागिपरेको जानकारी दिए ।
सो स्थानमा टोल सुधार समितिका अध्यक्ष छेवाङ लामाले भिरालो ठाउँमा ढुङ्गामाथि माटो राखेर ग्वाविन वाल राखेका कारण सडक भासिएर सडक मुनीका बस्ती जोखिममा परेको जानकारी दिए । दैनिक सयौँ सवारी साधन सञ्चालन हुने सो सडकको झन्डै आधा भाग भासिएपछि दुर्घटनाको जोखिम पनि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण