अवतरण गर्ने प्रयास असफल भएपछि अमेरिकी चन्द्रमा अभियान नष्ट
वासिङ्टन । गत हप्ता चन्द्रमामा अवतरणको उद्देश्यसहित प्रक्षेपण गरिएको एक अमेरिकी अन्तरिक्ष यान नष्ट गरेपछि प्रशान्त महासागरमा खसेको छ । पेरेग्रिन वानको प्रोपल्सनमा समस्या देखिएपछि उक्त यानको चन्द्रमामा अवतरण गर्ने सम्भावना समाप्त भएको थियो ।
योसँगै यानलाई आफै नष्ट गर्ने कमान्ड दिइएको थियो । निजी सञ्चालक पिट्सबर्गको एस्ट्रोबोटिकले यानलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गराउँदै नष्ट गराएको थियो ।
अस्ट्रेलियाको क्यानबेरामा रहेको ट्रयाकिङ स्टेसनले ग्रिनविच मिनटाइम अनुसार राति ८ बजेर ५९ मिनेटमा पेरेग्रिन यानसँग सम्पर्कविच्छेद भएको जनाएको छ । पेरेग्रिन पूर्णरुपमा ध्वस्त भएको र महासागरमा यसको अवशेष फेला पार्न नसकिने अपेक्षा गरिएको छ ।
चन्द्रमाको स्थानीय वातावरणको अध्ययनका लागि त्यहाँ नासाको पाँचवटा उपकरण पुर्याउने यानको लक्ष्य रहेको थियो । यदि पेरेग्रिन यान सफलतापूर्वक अवतरण भएको भए पछिल्लो ५० वर्षमा चन्द्रमामा पुग्ने पहिलो अमेरिकी यान र अहिलेसम्मकै पहिलो निजी यान हुने थियो ।
हालसम्म अमेरिका, सोभियत संघ, चीन र भारतका सरकारी एजेन्सीले चन्द्रमामा सफलतापूर्वक आफ्नो मिसन पूरा गर्न सफल भएका छन् । चन्द्रमाको सतहमा अन्तरिक्ष यानलाई अवतरण गराउने काम निकै कठिन मानिन्छ । अहिलेसम्म गरिएका सबै प्रयासमध्ये आधामात्र सफल भएका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण