१६ औँ आवधिक योजना उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबिच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र रोजगारीमा केन्द्रित हुने बताए ।
उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए । विश्व बैंक लगायतका विकास साझेदारहरुले नेपाललाई गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवाद समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण