‘सितारे जमिन पर’को तयारीमा आमिर खान
मुम्बई । सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन् । यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठुलो चाहना छ ।
अब आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’ बनाउने तयारीमा छन् । यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर १९४७’ पनि छ । गत वर्ष आमिरले आफ्नो फिल्म ‘सितारे जमिन पर’ बनाउने घोषणा गरेका थिए । ‘लाल सिंह चड्डा’को असफलतापछि आमिर करिब दुई वर्ष फिल्मविहीन छन् ।
छोरी आइरा खानको विवाहपछि आमिरको ध्यान आफ्नो करियरप्रति छ । उनी नयाँ फिल्मको सुरुवात आगामी महिनाबाट गर्नेछन् । उनी यही फेब्रुअरी २ बाट ‘सितारे जमिन पर’को सुटिङ सुरु गर्दैछन् । यो फिल्मका लागि आमिरले आफ्नो लुक्स पनि तयार पारेका छन् । उनी यो फिल्मका लागि करिब ७० देखि ८० दिन समय दिँदैछन् ।
यो फिल्मको अधिकांश सुटिङ दिल्लीमा हुँदैछ । फिल्मका बारे अन्य विस्तृत जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
आमिर निर्देशक राजकुमार सन्तोषी र अभिनेता सनी देओलका साथ निर्माताका रूपमा फिल्म ‘लाहोर १९४७’ बनाउँदैछन् । यो फिल्मको काम पनि आगामी महिनाबाट सुरु गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण