अब ह्वाट्सएपमा पनि फाइल सेयरको सुविधा
काठमाडौँ । ह्वाट्सएप पछिल्लो समय धेरै प्रयोगमा आउने एपम बन्दै गइरहेको छ । लोकप्रियता चुलिएसँगै एपमा नयाँ नयाँ फिचरहरु थप्ने काम पनि भइरहेका छन् । यो प्लेटफर्ममा अब नयाँ फिचर आउँदैछ । यो फिचर आएपछि युजरहरूले सजिलै फाइल ट्रान्सफर गर्न सक्नेछन् । यसले ठ्याक्कै ब्लुटूथले जसरी काम गर्ने बताइएको छ ।
यो फिचर आएपछि युजरहरूले सजिलै ठुला फाइल पनि ट्रान्सफर गर्न सक्नेछन् । कम्पनीले एपमा फाइल ट्रान्सफर फिचर ल्याउँदै छ । ह्वाट्सएपको अपकमिङ फिचरहरूलाई ट्र्याक गर्ने वेबसाइट वाबेताइन्फोले यो फिचरको जानकारी दिएको हो । यो फिचर थपिएपछि प्रयोगकर्ताले एपमा आफूसँग जोडिएकाहरूलाई फाइल पठाउन सक्नेछन् ।
उसका लागि एपमा नयाँ अप्सन पिपल नियरबाइको अप्सन हुनेछ । यो फिचर अहिले परीक्षणको चरणमा छ । यो फिचर आएपछि भने एउटा अप्सनमा क्लिक गर्ने बित्तिकै युजरले फाइल शेयर गर्न सक्नेछन् । तर यो फिचर पठाउने व्यक्ति र पाउने व्यक्ति दुवैको फोनमा इनेबल भएको हुनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण