पालिकाहरूले खेलाडीहरूका लागि बजेट छुट्टाउनुपर्छ : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले खेलाडीहरूको सम्मानका लागि केही रकम पालिकाहरूले छुट्टाउनु पर्ने बताएका छन् ।
आइतबार ललितपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा सभापति बानियाँले मेडल जितेका राष्ट्रिय र अन्तर्राष्ट्रियकरण खेलाडीहरूलाई पालिकाहरूले केहीन केही योगदान दिनुपर्ने बताए ।
उनले भने,‘खेलकुद हाम्रो पहिचान र सान हो । बजेटमा अर्ब खर्च हुन्छ । नगरपालिकाभित्रका सबै स्तरका खेलाडीको सम्मानका लागि २—३ करोड छुट्याइदिनु भयो भने खेलाडीको पनि सम्मान हुने छ ।’
स्वास्थ्य र राष्ट्रसँग जोडिएको खेलाडीलाई पालिकाहरुले मासिक तलब दिने निर्णय गर्न उनको आग्रह छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई खेलाडीप्रति सम्मानका लागि गर्न बजेट छुट्याउन उनको सुझाव छ ।
सभापति बानियाँले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलाडीहरूका लागि बजेट दिएर विशेष योगदान गरेको बताए ।
सभापति बानियाँले ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले खेलकुदको क्षेत्रमा विशेष योगदान गरेको बताए ।
उनले विनोद महर्जनको अध्यक्षको पद सम्पन्न हुन लागेको बताउँदै अध्यक्षमा पुनः नियुक्तिका लागि आफूले पहल गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण