बेलिङह्यामको प्रेरणामा रियलको उत्कृष्ट पुनरागमन
मड्रिड । जुड बेलिङह्यामको प्रेरणामा रियल मड्रिडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै अल्मेरियामाथि रोमाञ्चक जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।
पाहुना टोलीले पहिलो हाफमा २–० को अप्रत्याशित अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै लार्जी रामाजानीले अल्मेरियालाई अग्रता दिलाए भने एडगर गोन्जालेजले ४३ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ५७ औँ मिनेटमा बेलिङह्यामले पेनाल्टीबाट रियलका लागि एक गोल फर्काए भने १० मिनेटपछि भिनिसियस जुनियरले बराबरी गोल गरे । इन्जुरी समयको नवौँ मिनेटमा बेलिङह्यामको पासमा ड्यानी कार्भाहालले रियलको पुनरागमन पूरा गरे ।
जीतसँगै रियल केही समयका लागि ला लिगाको शीर्ष स्थानमा उक्लिए पनि जिरोनाले यस सिजन संघर्षरत सेभियालाई ५–१ गोलले हराउँदै पुनः शीर्ष स्थानमा उक्लियो ।
युक्रेनी स्टाइकर आर्टेम डोभविकले ह्याट्रिक गर्दै ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा बेलिङह्यामसँगै उभ्याएका छन् । दुवैको १४–१४ गोल रहेको छ । २१ खेलपछि जिरोनाको ५२ अङ्क छ भने एक खेल कम खेलेको रियलको ५१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण