सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बेलिङह्यामको प्रेरणामा रियलको उत्कृष्ट पुनरागमन

सोमबार, ०८ माघ २०८०, ०७ : ४६
सोमबार, ०८ माघ २०८०

मड्रिड ।  जुड बेलिङह्यामको प्रेरणामा रियल मड्रिडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै अल्मेरियामाथि रोमाञ्चक जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।

पाहुना टोलीले पहिलो हाफमा २–० को अप्रत्याशित अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमा नै लार्जी रामाजानीले अल्मेरियालाई अग्रता दिलाए भने एडगर गोन्जालेजले ४३ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५७ औँ मिनेटमा बेलिङह्यामले पेनाल्टीबाट रियलका लागि एक गोल फर्काए भने १० मिनेटपछि भिनिसियस जुनियरले बराबरी गोल गरे । इन्जुरी समयको नवौँ मिनेटमा बेलिङह्यामको पासमा ड्यानी कार्भाहालले रियलको पुनरागमन पूरा गरे ।

जीतसँगै रियल केही समयका लागि ला लिगाको शीर्ष स्थानमा उक्लिए पनि जिरोनाले यस सिजन संघर्षरत सेभियालाई ५–१ गोलले हराउँदै पुनः शीर्ष स्थानमा उक्लियो ।

युक्रेनी स्टाइकर आर्टेम डोभविकले ह्याट्रिक गर्दै ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा बेलिङह्यामसँगै उभ्याएका छन् । दुवैको १४–१४ गोल रहेको छ । २१ खेलपछि जिरोनाको ५२ अङ्क छ भने एक खेल कम खेलेको रियलको ५१ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप