राजेशपायलको ब्याक–किक खाएका राकेशले भने– सन्देश दिन खोज्दा घोडे किक हाने
काठमाडौँ । गायक राजेशपायल राईको एक भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा गायक राईले स्टेजमा प्रस्तुतिको क्रममा आफ्ना पछाडि आउने एक व्यक्तिलाई ब्याक–किक हानेर स्टेजबाट धपाएको दृश्य छ ।
भिडियोमा एक व्यक्ति पछाडिबाट आउँछन् र राजेश पायलसँग कानेखुसी गर्छन् । गायक राईले ती व्यक्ति तर्फ नहेरी लात्तीले हानेको देख्न सकिन्छ । उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा गायक राईलाई थुप्रैले गाली गरेका छन् । कतिपयले गायक राईको बचाउ पनि गरेका छन् । भिडियोमा राजेशपायलको ब्याक किक भेट्ने व्यक्ति थिए झापाका कमेडियन कलाकार राकेश दर्नाल ।

राकेशले आयोजकको सन्देश भन्न खोज्दा आफूलाई गायक राजेशपायलले घोडे किक हानेको बताएका छन् । ‘आयोजकले मलाई समय छैन रात परिसक्यो । एक पटक कानमा गएर कुरा गरिदेउन भनेर भनेका थिए’ राकेशले भने ‘मैले दाइ समय छैन रे मात्र भनेको थिए । उहाँले घोडे किक हान्नुभयो ।’ राकेशले गायक राजेशपायलले आफूलाई पहिले देखिनै माया गर्ने भएकोले किकको विषयमा अन्यथा नलिन सबैलाई अनुरोध समेत गरेका छन् ।
राकेशले कुराकानीमा उक्त भिडियो गत भदौ महिनाको तेह्रथुममा आयोजित एक साङ्गीतिक कार्यक्रमको भएको र उक्त कार्यक्रममा झापाबाटै राजेशपायलसँगै कार्यक्रममा गएको समेत खुलाएका छन् । भिडियो भाइरल भए पनि युट्युब मिडिया हिट टिभी नेपालसँग अन्तरवार्ता दिने क्रममा उनले सबै कुरा खोलेका हुन् ।
राकेश पूर्वमा राकेश कमेडियनका रुपमा चिनिएका स्थानीय कलाकार हुन् । झापा अर्जुनधाराका बासिन्दा उनी केही चलचित्रमा पनि देखिएका छन् । स्थानीय मेला महोत्सवमा समेत उनी प्राथमिकतामा पर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण