शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशीमा एमाले र राप्रपाबिच तालमेल

सोमबार, ०८ माघ २०८०, १३ : ३९
सोमबार, ०८ माघ २०८०

विराटनगर । राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउने गरी सहमति भएको हो ।

कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने भएको छ । यस्तै राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप