बालगायक सचिनको उपचारका लागि उठेको रकम दुरुपयोग भएको हो ?
काठमाडौँ । बाल गायक सचिन परियार केही समयदेखि बिरामी छन् । अनौठो हाउभाउ र बोलीका कारण भाइरल सचिनको अहिले कम्मरमुनिको भाग राम्रोसँग चल्दैन । सचिनका बाबु तेजेन्द्र परियारले उनलाई केही दिन अगाडी हेटौँडा उपचारका लागि लगेका थिए ।
केही सुधार भएपनि काठमाडौँ फर्किएका छन् । हेटौँडामा राम्रो आयुर्वेदिक अस्पताल छ भन्ने सुनेर लगेको र केही उपचार गरेर फर्किएको तेजेन्द्रले बताए । उनको स्वास्थ्यमा अझै राम्रो सुधार हुन भने सकेको छैन । उनको उपचारका लागि सामाजिक सञ्जाल, युट्युब लगायतबाट अहिले पनि सहयोगको अपिल गरिएको छ ।
तर उनको उपचारका लागि प्राप्त सहयोग दुरुपयोग हुने गरेको समेत आरोप लाग्दै आएको छ । उनको उपचारको रकम उनका बुबा तेजेन्द्र परियारले दुरुपयोग गरेको आरोप युट्युबर भोजराज थापाले समेत लगाएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनको उपचारका लागि यस अगाडि मोटो रकम उठेको दुरुपयोग भएको बताएका हुन् ।
थापाका अनुसार अघिल्लो पटक सचिन बिरामी पर्दा युट्युबरहरुको सक्रियतामा ११ लाख ६७ हजार ४१६ रुपैयाँ उठेको । त्यसमा ३ लाख ५७ हजार ८२४ रुपैयाँ खर्च भएर ८ लाख ९ हजार ५९२ रुपैयाँ बचत भएको थियो । युट्युबरहरुले सल्लाह गरेर बचत भएको रकम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको खातामा राखिदिएका थिए । तर, बाबु तेजेन्द्रले पैसा मागेर हैरान पारेपछि सचिनकै नाममा बाल बचत खाता खोलेर जम्मा गरिदिएको र उक्त रकम दुरुपयोग भएको युट्युबवर थापाले बताएका छन् ।
यता बाबु तेजेन्द्रले भने सहयोग प्राप्त सबै रकम सचिनको उपचारमा खर्च भएको बताए । उनले विगत एक वर्षदेखि सचिनको उपचार भइरहेको र महिनामा औषधी मात्र २५ हजारको लाग्ने खुलाए ।
‘मलाई नसोधी जथाभाबी आरोप लगाएका छन् । त्यो पछि के हुन्छ आफै बुझ्छन् । म अहिले केही भन्दिन’ तेजेन्द्रले भने ‘दुरुपयोग गरे पनि, खाएर उठाए पनि सचिनलाई बचाएर राखेको छु । त्यो मेरो हातको कुरा हो उनीहरूको हैन ।’ सचिनको जिम्मेवारी आफू भएको समेत उनले सुनाए ।
‘दिएकोले हामीले दिएको भन्दैनन् । मिडियाले खाली हामीले पैसा उठाइदियौ भन्छन्’, उनले थपे ‘मैले मागेको पनि थिइन । दिएको हिसाब दिन जरुरी पनि छैन ।’ तेजेन्द्रले युट्युबले आफ्नो दुरुपयोग गरेर डलर उठाएर खाएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण