वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्दै छौँ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ ।
सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको जानकारी दिए । उनले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताए ।
सचिव गुरागाईँले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताए । उनले २२१ करारका कर्मचारीहरु कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताए । उनले अहिले दसैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताए ।
उनले भने, ‘ वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ । त्यो होइन । हामीले ८३१ दरबन्दी मध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो । त्यसमा हामीले ३ सयको लोकसेवाबाट सिफारिस गरेर उहाँहरु दसैँअघिदेखि काम गर्दै हुनुहुन्छ । २३४ को विज्ञापन गइसक्यो । पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ । २ सय बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोकसेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरुलाई काममा राखेका थियौँ ।’
समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोषिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरु एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरिन् । उनले करारकै कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो भन्दै प्रश्न गरिन् ।
सांसद कार्कीले करारका कर्मचारीहरुलाई नै स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण