‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनौट
काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर भएको जानकारी दिइयो ।
कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअप घोषणालाई देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । यसअघि भामको फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ । फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।
सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ । डोल्पामा छायांकन गरिएको यो फिल्मको बजेट करिब १४ करोड रुपैयाँ रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण