एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ माग
काठमाडौँ । नेकपा एमालेले मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध पक्ष समेटेर एमालेले प्रधानमन्त्रीलाई जनताको नासोका रूपमा कार्यान्वयन गर्न लिखित जानकारी गराएको हो । जसको कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको छ ।
एमालेले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो । पदयात्राका क्रममा आएका माग, देखिएका समस्यालाई वर्गीकरण गरेर सरकारलाई बुझाएको हो । जसमा ७५१ वटा माग रहेका छन् । सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।
एमालेले मध्यपहाडमा विकास पूर्वाधार, पर्यटन, फलफूल खेतीलगायतका सम्भावना देखेको छ भने बसाइसराइ चुनौतीका रूपमा उल्लेख गरेको छ । त्यस्तै एमालेले विकास निर्माण ठप्प भएको, व्यवसायहरू बन्द हुँदै गएको, बजेट विनियोजनमा पूर्वाग्रह राखेको, एमालेले सुरु गरेका योजनाहरू असफल पार्न लागेको, भूकम्पपछिको पुनर्निर्माणमा सरकार असक्षम भएको लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि एमाले नेता ज्ञवालीले जानकारी गराए । आफूहरूले प्रधानमन्त्रीलाई बुझाएका माग एमालेको मात्र नभएर सबै जनताको भएकाले कार्यान्वयन गर्न आग्रह गरेको छ । जवाफमा प्रधानमन्त्रीले माग अधिकतम कार्यान्वयन गर्ने वचन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण