‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ गतेदेखि ल्याउने तयारी
काठमाडौँ । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ गतेदेखि प्रसारण हुने भएको छ । शो हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण गर्ने तयारी निर्माण युनिटले गरेको छ ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको थियो । सात सयबाट १३२ जनालाई प्रि–जजिङमा सहभागी थिए । ७६ जनाले निर्णायक अगाडि प्रस्तुति दिएका थिए । त्यसमध्ये २४ जना छनोट भएका छन् ।
शोजको निर्देशन पहिले झै विशाल भण्डारीले गर्नेछन् । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहने शोको होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शो घोषणा बुधबार राजधानीमा एक कार्यक्रमका बिच हुँदैछ ।
‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । हिमेश राजनीतिमा पनि सक्रिय छन् । भरतमणी भने अहिले कमेडी कार्यक्रम लिएर अमेरिका यात्रामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण