‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ गतेदेखि ल्याउने तयारी

काठमाडौँ । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ गतेदेखि प्रसारण हुने भएको छ । शो हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण गर्ने तयारी निर्माण युनिटले गरेको छ ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको थियो । सात सयबाट १३२ जनालाई प्रि–जजिङमा सहभागी थिए । ७६ जनाले निर्णायक अगाडि प्रस्तुति दिएका थिए । त्यसमध्ये २४ जना छनोट भएका छन् ।
शोजको निर्देशन पहिले झै विशाल भण्डारीले गर्नेछन् । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहने शोको होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शो घोषणा बुधबार राजधानीमा एक कार्यक्रमका बिच हुँदैछ ।
‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए । हिमेश राजनीतिमा पनि सक्रिय छन् । भरतमणी भने अहिले कमेडी कार्यक्रम लिएर अमेरिका यात्रामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिर प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण
-
चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
-
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित
-
सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?
-
म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता