आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्को निर्णय

माघ २२ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

मङ्गलबार, ०९ माघ २०८०, १६ : २८
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्नेसम्बन्धी निर्णय गरेको छ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते अपराह्न संसदको दुबै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् । 

यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप