बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्छौँ : दुर्गा प्रसाईँ
बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरेका छन् ।
आज बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँ अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै व्यवस्था परिवर्तन भएको बखत जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्ने बताएका हुन् ।
उनले फागुन १ गते हुने नयाँ अभियानको स्वरूप भने स्पष्ट पारेनन् । प्रसाईँले अहिले देश तस्कर र सीमित मारवाडी समूहको कब्जामा रहेको दाबी गर्दै बैङ्क तथा वित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि अहिलेको अभियान भएको बताएका थिए ।
उनले देश यस्तो हुनुमा ठुला दलको हात रहेको पनि आरोप लगाए। अहिले मुलुक प्रदेशमा गए पनि उनीहरूले साबिक अञ्चललाई नै मान्नु पर्ने भन्दै अञ्चलस्तरीय कार्यक्रम बुटवलमा गरेका थिए । उनले राप्रपालाई नेकपा एमालेको भातृ संस्थाको संज्ञा दिँदै कोशी प्रदेशमा गरेको समर्थन पनि यही भएको बताए।
उनले सत्य कुरा जहिले पनि तितो हुने भन्दै सत्यको पछि लाग्नको लागि आग्रह समेत गरेका थिए । बुटवलका व्यवसायीहरूलाई आफ्नो अभियानमा जोडिन आग्रह गर्दै प्रसाईँले देशलाई माफियाबाट मुक्त पार्ने बाटो आउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण