पासवर्ड शेयरिङमा कडाइ गरेपछि नेटफ्लिक्समा बढ्यो साइन अप
वाशिङटन डिसी । गएको वर्ष अन्त्यतिर स्ट्रिमिङ सर्भिस प्रदायक कम्पनी नेटफ्लिक्समा साइन अप बढेको छ । कम्पनीले एक जना सब्सक्राइबरको पासवर्ड धेरैले बाँडेर चलाउने प्रवृत्तिमा कडाइ गरेसँगै साइन अप बढेको हो ।
२०२३ को डिसेम्बरमा सकिएको त्रैमासमा नेटफ्लिक्समा १ करोड ३१ सब्सक्राइबर थपिएका छन् । यो सन् २०२० यताको सबै त्रैमासमध्ये सबैभन्दा धेरै हो । कम्पनीले पासवर्ड शेयरिङमा कडिकडाउ गरेयता गएको वर्षदेखि नै सब्सक्राइबर सङ्ख्या हरेक त्रैमासमा बढिरहेको छ ।
आगामी दिनमा पनि सब्सक्राइबर सङ्ख्या बढ्नेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ । कम्पनीले मूल्य बढाउने योजना पनि बनाइरहेको छ । ‘कम्पनीले मूल्य वृद्धिलाई थाँती राखेर पैसा तिरेर शेयर गर्न पाइने योजना ल्याएको छ’ कम्पनीकी सह–प्रमुख कार्यकारी ग्रेग पिटर्सले भनेकी छन् ।
अधिकांश सब्सक्राइबरहरुले सस्तो खालको योजना लिने गरेका छन् । यसमा विज्ञापन आइरहन्छ । कम्पनीले १२ देशमा विज्ञापन अफर गरेको छ । देशहरूको सूचीमा नेटफ्लिक्सको ठुला बजारको रूपमा रहेका बेलायत र अमेरिका पनि छन् ।
यी देशहरूमा कूल सब्सक्राइबरमध्ये ४० प्रतिशतले सबैभन्दा सस्तो प्लान किन्ने गरेका छन् । नेटफ्लिक्स र यसका प्रतिस्पर्धी कम्पनीहरूले लाइभ स्पोर्ट्स इभेन्टमार्फत आम्दानी बढाउन खोजिरहेका छन् । मंगलबारको ओस्कर मनोनयनमा १८ वटा नेटफ्लिक्सका फिल्महरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण