चीनमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
बेइजिङ । चीनमा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३१ नाघेको छ । सरकारी सञ्चार माध्यमहरूले बताएअनुसार उद्धारकर्मीहरूले माटो, हिउँ र पुरिएका संरचना खोतलेर जीवितहरूको खोजीकार्य तीव्र पारिरहेको भएपनि मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।
सोमबार झिसमिसेमै युनान प्रान्तको लियाङशुईको एउटा हिमाली गाउँमा पहिरो जाँदा १८ वटा घर र ४७ जना पुरिएका थिए । मंगलबार रातिसम्म १३ जना अझै बेपत्ता रहेको बताइएको छ । लियाङशुइ यतिबेला तापमान शून्य डिग्रीभन्दा तल छ । हजारभन्दा धेरै उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।
सो क्षेत्रबाट ९०० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । गाउँभन्दा करिब १५ मिटर माथिबाट पहिरो खसेको छ । ठाडो भिरबाट करिब सय मिटर फराकिलो, ६० मिटर उचाइ र ६ मिटर बाक्लो पहिरो गाउँको छेउमा खसेको थियो । पहिरो कसरी भयो भन्ने अज्ञात छ ।
ठाडो भिर अनि खुकुलो माटोका कारण युनानका हिमाली क्षेत्रमा प्राय पहिरो गइरहन्छ । पहिरो गएको क्षेत्रमा आइतबार राति भारी हिमपात भएको भएपनि त्यसयता हिमपात पातलिएको छ । तर तापमान भने शून्य आसपास नै भएको बताइएको छ । चिसोका कारण पनि खोजी कार्य प्रभावित भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण