प्रियंका चोपडाले साइन गरिन् हलिउड फिल्म ‘द ब्लफ’
नयाँ दिल्ली । बलिउड हुँदै हलिउड पुगेकी प्रियंका चोपडा सफलताको शिखरमा छिन् । नायिकाले हलिउडका विभिन्न प्रोजेक्ट साइन गरिरहेकी छिन् ।
‘देसी गर्ल’ पछिल्लो पटक एक्शन भरपूर सिरिज ‘सिटाडेल’मा देखिएकी थिइन् । अभिनेत्री रिचर्ड म्याडेनको शीर्ष भूमिका रहेको यही एक्शन प्याक्ड थ्रिलर सिरिजको दोस्रो सिजनमा देखिनेछिन् ।
अन्तरराष्ट्रिय सञ्चार माध्यममा छापिएका खबरहरुका अनुसार प्रियङ्काका फ्यानका लागि अर्को खबर पनि छ । खबरका अनुसार प्रियंका चोपडाले अर्को हलिउड फिल्म पनि साइन गरेकी छिन् ।
यो फिल्म १८०० को दशकको पिरियड ड्रामा हो । यो फिल्मको नाम ‘द ब्लफ’ रहेको छ । फिल्मको निर्माण द रुसो ब्रदर्सले गर्नेछन् । फिल्मको छायांकन जुनबाट सुरु हुने बताइएको छ । अहिलेसम्म प्रियंका र निर्माण पक्षले यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् ।
प्रियंका चोपडाको कामको कुरा गर्नु पर्दा उनीसँग अहिले दुई वटा हलिउड प्रोजेक्ट छन् । जसमध्ये एउटा ‘सिटाडेल २’ र अर्को ‘हेड्स अफ स्टेट’ हो । यसबाहेक अभिनेत्रीको हातमा बलिउड फिल्म ‘जी ले जरा’ पनि छ ।
यस फिल्ममा प्रियंका आलिया भट्ट र कट्रिना कैफसँगै देखिनेछिन् । यो फिल्मलाई रीमा कागतीले निर्माण गरेकी हुन् । यस फिल्मलाई निर्माता तथा अभिनेता फरहान अख्तरले निर्देशन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण