सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सङ्घीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ : शिक्षामन्त्री राई

बुधबार, १० माघ २०८०, २२ : ४१
बुधबार, १० माघ २०८०

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् ।  एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा छलफलको क्रममा रहेको जानकारी दिए ।

उनले संसद्मा विचाराधीन नयाँ सङ्घीय शिक्षा विधेयक पारित भएपछि यसबाट सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लोस्तरमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकारले शिक्षामा दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको मन्त्री राईको भनाइ थियो । शिक्षा क्षेत्रमा रहेका कमीकमजोरी सुधार्न आफू लागि परेको उनले उल्लेख गरे ।
    
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ्, प्राचार्य रञ्जना बजगाईं लगायतले विद्यालयको शैक्षिक गुणस्तरमा धयान दिन आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप