माओवादी विधान अधिवेशनको अनुमानित खर्च २२ लाख
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ । माओवादीले फागुनको (१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार धरौटी एक लाखसहित ५ लाख ४० हजार भाडा रहेको छ । अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूलाई खाजापानी पार्टीले नै व्यवस्था गर्ने भएकाले करिब ६ लाख ५० हजार खर्च हुने उनको अनुमान छ । यस्तै स्टेसनरी खर्च लगायत भैपरी आउने खर्च गरी २२ लाख खर्च हुनसक्ने उपाध्यायले जानकारी दिए ।
प्रत्येक प्रतिनिधिबाट एकहजार रुपयाँ उठाउने निर्णय गरिसकेको छ । प्रतिनिधिबाट १३ लाख उठ्ने छ । बाँकी लेबिबाट उठाउने र अपुग पार्टी कोषबाट व्यहोर्ने उपाध्यायले बताए । यसअघि साउनको(१७–२१)सम्म बसेको केन्द्रीय समिति बैठकमा २१ लाख १५ हजार ५०० खर्च भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण