शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी विधान अधिवेशनको अनुमानित खर्च २२ लाख

बिहीबार, ११ माघ २०८०, २२ : ००
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ । माओवादीले फागुनको (१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार धरौटी एक लाखसहित ५ लाख ४० हजार भाडा रहेको छ । अधिवेशनमा १३ सय  प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूलाई खाजापानी पार्टीले नै व्यवस्था गर्ने भएकाले करिब ६ लाख ५० हजार खर्च हुने उनको अनुमान छ । यस्तै स्टेसनरी खर्च लगायत भैपरी आउने खर्च गरी २२ लाख खर्च हुनसक्ने उपाध्यायले जानकारी दिए ।

प्रत्येक प्रतिनिधिबाट एकहजार रुपयाँ उठाउने निर्णय गरिसकेको छ । प्रतिनिधिबाट १३ लाख उठ्ने छ । बाँकी लेबिबाट उठाउने र अपुग पार्टी कोषबाट व्यहोर्ने उपाध्यायले बताए । यसअघि साउनको(१७–२१)सम्म बसेको केन्द्रीय समिति बैठकमा २१ लाख १५ हजार ५०० खर्च भएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप