एकैपटक पाँच जना महिलालाई गर्भवती बनाएपछि विवाद
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा एक संगीतकारले कथित रूपमा पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएपछि विवादमा तानिएका छन् । उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रमसमेत राखेका थिए ।
२२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भए । तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन् ।
यसबारे सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । लिजीले जेडीसहित आमा बन्न लागेका बोनी बी, के मेरी, जिलेन भिला र इयानला कालिफा गालेटीसँग जेडीले खुसीयाली मनाएको भिडियो हालेपछि त यसले ठुलो विवाद नै सिर्जना गरेको थियो ।
क्याप्सनमा लिजीले सबै महिलाले बच्चाको लागि यो सबै कुरा स्वीकार गरेको लेखेकी थिइन् । ‘हाम्रो सुन्दर परिवारलाई हेर्नुहोस्,’ उनले लेखेकी थिइन्, ‘हामी हाम्रो बच्चाको पितालाई माया गर्छौँ । हामी हाम्रो बच्चाको जीवन बरबाद पार्न चाहँदैनौँ । हाम्रो परिवारले यसलाई स्वीकार गरेको छ ।’
द न्युयोर्क पोस्टसँग कुराकानी गर्दै पिता जेडीले आफू पाँच जनाको पिता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण