‘पिताम्बर’ निर्देशन गर्दै कृषा
काठमाडौँ । लामो समयको निर्माणको अनुभव सहित फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी कृषा चौलागाईंले दोस्रो फिल्मको तयारीमा छन् । उनले दोस्रो फिल्मको रुपमा ‘पिताम्बर’ बनाउन लागेकी हुन् ।
यही माघ अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको लागि उनी अहिले लोकस हेरिरहेकी छन् । लोकेसन भिजिटका लागि उनको साथमा छायाँकार पुरुषोत्तम प्रधान, लेखक प्रदीप भारद्वाज र अभिनेता प्रमोद अग्रहरी समेत तराईका विभिन्न ठाउँ घुमिरहेका छन् । फिल्मको दुई चरणमा छायांकन हुनेछ । केही दृश्य हुस्सुमा खिच्नुपर्ने भएकाले माघमा छायांकनको तयारी गरिएको हो । दोस्रो चरणको छायांकन भने फागुनपछि हुनेछ ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा निर्देशक कृषा स्वयंको निर्माण रहनेछ । फिल्मका लागि अडिसनबाट केही बालकलाकार छनोट भैसकेका छन् । फिल्मको लागि बिभिन्न चलेका नायक नायिका अफर गरिएको छ । फाइनल नभएको कारण उनले अहिले नाम उल्लेख गरिनन् । प्रमोद अग्रहरी र कामेश्वर चौरासिया भने मुख्य भूमिकामा अनुबन्धित भइसकेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण