दोस्रो टेस्ट क्रिकेट : अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजको सामान्य प्रदर्शन
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिजले सामान्य प्रदर्शन गरेको छ । दोस्रो टेस्टको पहिलो दिन बिहीबारको खेल सकिँदासम्म वेस्ट इन्डिजले आठ विकेट गुमाएर दुई सय ६६ रन बनाएको छ । पहिलो दिन ८९.४ ओभर खेल भएको छ ।
क्यारेबियन टोलीका दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । टस हारी पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजका लागि केभिम हज र जोसुआ डा सिल्भाले अर्धशतक बनाएका हुन् । विकेटकिपर ब्याट्सम्यान डा सिल्भाले ७९ रन बनाए । उनले एक सय ५७ बलमा सात चौका पनि हिर्काए ।
ब्रिसबेनमा जारी उक्त टेस्टमा वेस्ट इन्डिजका लागि हजले पनि ७१ रन जोडे । उनले एक सय ९४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काए । तल्लोक्रमका ब्याट्सम्यान अल्जारी जोसेफले पनि ३२ रन बटुले ।
अस्ट्रेलियन टोलीका बलर मिचेल स्टार्कले चार विकेट लिए । उनले २० ओभरमा तीन मेडन राख्दै ६८ रन खर्चिएका थिए । जोस हेजलउडले पनि दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन लियोनले एक–एक विकेट लिए । यसअघि पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण