दोस्रो टेस्ट क्रिकेट : अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजको सामान्य प्रदर्शन

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिजले सामान्य प्रदर्शन गरेको छ । दोस्रो टेस्टको पहिलो दिन बिहीबारको खेल सकिँदासम्म वेस्ट इन्डिजले आठ विकेट गुमाएर दुई सय ६६ रन बनाएको छ । पहिलो दिन ८९.४ ओभर खेल भएको छ ।
क्यारेबियन टोलीका दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । टस हारी पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजका लागि केभिम हज र जोसुआ डा सिल्भाले अर्धशतक बनाएका हुन् । विकेटकिपर ब्याट्सम्यान डा सिल्भाले ७९ रन बनाए । उनले एक सय ५७ बलमा सात चौका पनि हिर्काए ।
ब्रिसबेनमा जारी उक्त टेस्टमा वेस्ट इन्डिजका लागि हजले पनि ७१ रन जोडे । उनले एक सय ९४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काए । तल्लोक्रमका ब्याट्सम्यान अल्जारी जोसेफले पनि ३२ रन बटुले ।
अस्ट्रेलियन टोलीका बलर मिचेल स्टार्कले चार विकेट लिए । उनले २० ओभरमा तीन मेडन राख्दै ६८ रन खर्चिएका थिए । जोस हेजलउडले पनि दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन लियोनले एक–एक विकेट लिए । यसअघि पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर