भारतीय राजदूतावासमा मनाइयो गणतन्त्र दिवस
काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७५ औँ गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भएको थियो । सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई पनि शुभकामना व्यक्त गरेका थिए ।
तत्पश्चात् कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । माननीय राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चा गरेकी थिइन् ।
कार्यक्रमका दौरान राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेपाली रुपैयाँ ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए । सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरियो ।
राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरूलाई पुस्तक उपहार स्वरूप प्रदान गरेका थिए। दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई १९ लाख रुपैयाँ बराबरको पुस्तक उपहार स्वरूप वितरण गर्दै छ ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण