आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सानैमा बेचिएका जुम्ल्याहा दिदीबहिनीलाई टिकटक भिडियोले भेटाइदियो

शुक्रबार, १२ माघ २०८०, १४ : ५५
शुक्रबार, १२ माघ २०८०

जर्जिया । एमी र एनी दिदीबहिनी हुन् त्यो पनि जुम्ल्याहा । तर जन्मलगत्तै आमाबाट खोसेर कसैले दुबैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए । वर्षौँपछि टिभी ट्यालेन्ट शो र टिकटक भिडियोका कारण ती दिदी बहिनीको भेट भएको छ । समाचारअनुसार जर्जियामा अस्पतालबाट हजारौँ बच्चा चोरेर बेचिएका छन् । एमीलाई आफ्नो विगतले सोचमग्न बनाएको छ । विगत एक हप्तायता उनी फिटिक्कै निदाएकी छैनन् ।

टिकटकमा एउटा भिडियो हेर्दै एनो आफूहरूलाई बेचिदिने महिला यही होला भन्ने सोचिरहेकी छिन् । दुवै दिदीबहिनी आत्तिएका छन् । आफ्नो विगत के थियो, कसले बेचिदियो जस्ता अनुत्तरित प्रश्नहरू खोजेर उनीहरू जर्जियाबाट जर्मनीसम्म पुगे । आफूलाई जन्म दिने आमालाई पनि भेट्दै छन् । विगत २ वर्षयता एमी र एनोले आफूहरूलाई ठ्याक्कै के भएको थियो त भनेर खुट्याउने प्रयास गरे । यसक्रममा आफूहरू दुई मात्रै नभएको महसुस गरे ।

गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका छन् । अधिकारीहरूले पनि यसबारे छानबिन गरेका छन् । तर अहिलेसम्म दोषी फेला परेका छैनन् । एमी र एनोले १२ वर्षको उमेरमा जर्जियाज गट ट्यालेन्टमा एक–अर्कालाई भेटे । एमी कृष्ण सागर नजिक आफ्नो हजुरआमाको घरमा जर्जियाज गट ट्यालेन्ट हेरिरहेकी थिइन् । त्यहाँ उनले ठ्याक्कै आफूजस्तै अर्को केटी नाचिरहेको देखिन् । सात वर्षपछि सन् २०२१ को नोभेम्बरमा सात वर्षपछि एमीले टिकटकमा आफ्नो एउटा भिडियो हालिन् ।

एनोलाई उनको एक साथीले त्यो भिडियो पठाइन् । अनि एमीलाई खोज्न थलिन । ह्वाट्स एप गु्रपमा भिडियो हालेर कसैले चिनेको छ भनेर सोधिन् । एमीले चिनेको कुनै व्यक्तिले चिनेर ती दुबैलाई फेसबुकमा एकअर्कासँग जोडिदिए । एमी जर्जियाज गट ट्यालेन्टमा आफूले देखेको केटी भन्नेकुरा एमीले थाहा पाइ हालिन् । केही दिनमा आफूहरूबिचमा धेरै कुरामा समानता पाए । समयसँगै आफूहरू ‘आइडेन्टिकल ट्विन’ भएको पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप