कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताएका छन् ।
शुक्रबार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अहिले मैले के पाएँ भन्ने भाष्य तयार भएको बताए । उनले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताए ।
उपसभापति गुरुङले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने बताए । उनले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभई गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताए ।
उनले भने, ‘आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ ? भन्ने धेरै भाष्य तयार भएको छ कांग्रेसभित्र तर हिजो के पाउनका लागि होइन, के दिनका लागि हामी लडिरहेका थियौँ । हाम्रा अग्रज केका लागि लडिरहेका थिए ? यो कुरा स्मरण गर्न आवश्यक छ । गौरवमय इतिहासलाई गौरवका लागि गौरवको स्थानमा राख्दै वर्तमानमा त्यो गौरवलाई स्मरण गर्ने मात्रै होइन । त्यस्तै गौरवमय इतिहास बनाउनेतर्फ हामीले लाग्नुपर्छ ।’
उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण