मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

शुक्रबार, १२ माघ २०८०, १९ : ५४
शुक्रबार, १२ माघ २०८०

सङ्खुवासभाको मकालु गाउँपालिका–२  लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।

आगलागीबाट मकालु–२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए। आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए ।  

आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए। गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप