विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
शनिबार, १३ माघ २०८०, १६ : ४१
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमानदार हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीन तल्ले भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताए ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास–निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण