आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको स्वीमस्वीटको विज्ञापनमा पुरुष मोडल राखेपछि...

सोमबार, १५ माघ २०८०, ११ : १९
सोमबार, १५ माघ २०८०

सिड्नी । अस्ट्रेलियन स्वीमवेयर निर्माता कम्पनी मोआना बिकिनीले यतिबेला निकै आलोचना खेपिरहेको छ । महिलाले लगाउने स्वीमसुटको विज्ञापनमा समलिङ्गी पुरुष मोडललाई प्रयोग गरेपछि कम्पनी आलोचित बनेको हो ।

कम्पनीको इन्ष्टाग्राम पेजमा महिलाको स्वीमस्वीट लगाएका जेक योङको भिडियो पोस्ट गरिएको थियो । भिडियो पोस्ट हुनेबित्तकै आलोचना सुरु भयो । भिडियोमा हजारौँ आलोचना आइरहेका छन् ।

मार्केटिङ योजनाका लागि अति टाढा गएको भन्दै कम्पनीलाई धेरैले गाली गरेका छन् । मोओना बिकिनीले वर्षौसम्म सबै शरीरलाई सशक्त बनाउँदै आएकोले महिलाको स्वीमसुटमा पुरुषलाई देखेर अचम्मित हुनु नपर्ने दाबी कम्पनी र यसका संस्थापक करिना इर्बीले दाबी गरेकी छिन् । यो भिडियोमा इन्ष्टाग्राममा हजारौं लाइक आएका छन् । तर कमेन्ट खण्डले अर्कै कथा भनिरहेको छ ।

महिलाले लगाउने बस्त्रका लागि पुरुष मोडल प्रयोग गरेर महिलाको सशक्तीकरण हुँदैन भनेर केहीले प्रश्न गरेका छन् । विज्ञापनको लक्षित दर्शक महिला भए यो विज्ञापनको अवधारण खराब भएको एक युजरले भनेका छन् ।

महिलाको पहिरन पुरुषलाई पहिराएर विज्ञापन गरेकोमा अधिकांशले चित्त दुखाएका छन् । भिडियोमा व्यापक आलोचना आउन थालेपछि मोडल जेक योङले पनि आफ्नो इन्ष्टाग्राममा पोस्ट गरेका थिए ।

आफू महिला नभएको, महिला हुँ भनेर दाबी पनि नगरेको अनि भिडियो अल्पसङ्ख्यकहरूको सशक्तीकरणका लागि भएको तर्क उनको थियो । ‘तिमीहरूले देखाएको घृणा तिमीहरूको आफ्नो असुरक्षाको भावनाको प्रतिबिम्ब हो, मेरो होइन’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप