‘दुखी आत्मा’मा दयाहाङकी जोडी आँचल
काठमाडौँ । लेखक, निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’मा अभिनेत्रीको रुपमा आँचल शर्मा भित्रिएकी छन् । निर्माण ब्यानर क्लक वर्क कृयसनले फिल्मको मुख्य अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको हो । स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताए ।
अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो । यसपछि यही टिमले तेस्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।
आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार, प्राविधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिए ।
काठमाडौँको सेरोफेरोमा छायांकन हुने फिल्मको सोसियल कमेडी जनरामा निर्माण हुन लागेको हो । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण