प्रधानमन्त्रीले भने– नीति तथा बजेट निर्माणमा ‘रेडिकल रिफर्म’ गर्दैछु
वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा बजेट निर्माणमा ‘रेडिकल रिफर्म’ गर्ने तयारी भइरहेको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई साेमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए ।
उनले भने, ‘अब मेरो ध्यान यो पटक नीति तथा कार्यक्रम तथा बजेट निर्माणतर्फ केन्द्रित रहन्छ, यो पटकको नीति तथा कार्यक्रममा जनताबाट आएका सुझावहरूलाई समेटिनेछ । नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु।’
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए । अघिल्लो वर्षको नीति तथा कार्यक्रम जनताको पक्षमा नभएको समेत उनले बताए । ‘गत सालको नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा भएन, त्यसकारण यो वर्षदेखि नीति तथा कार्यक्रमको सवालमा जनतामा बहस चलाउँछु, उनले भने, ‘यसको प्रकृति र प्रक्रियाबाट बदलेर जनताको पक्षमा आमूल परिवर्तन ल्याउने तयारीमा छु ।’
बजेट निर्माणमा पनि यही तरिका अपनाउने प्रधानमन्त्री प्रचण्ड सुनाए । उनले भने, ‘बजेटको सवालमा पनि यही फर्मुला अपनाइन्छ, सबैको राय सल्लाहअनुसार लोकतान्त्रिक बजेट बनाउने तयारी गरेको छु । ३ करोड भन्दा माथिको बजेट सङ्घले हेर्ने र त्यसभन्दा कमका बजेट प्रदेश र स्थानीयलाई दिइने तयारी गरिएको छ ।’
नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।
योसँगै पुराना योजना प्राथमिकतामा राखेर पूरा गर्नेतर्फ पहिलो जोड हुने र जनतालाई प्रत्यक्ष फाइदा हुने गरी बजेट निर्माण गरिने प्रधानमन्त्री प्रचण्डले बताए । सिलिङ तोक्ने सवालमा पनि सबै मन्त्रालयहरूको सल्लाह अनुसार तोक्न सरकारले आफ्नो ध्यान केन्द्रित गरिएको उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले रुग्ण भएर बसेका उद्योगहरूलाई सञ्चालन गर्ने विषयमा पनि केही ठोस निर्णय भएको बताए । उनले भने, ‘देशमा रुग्ण भएर बसेका उद्योगहरूलाई सञ्चालन गर्ने विषयमा पनि केही ठोस निर्णय भएको छ, केही सातामा यसको परिणाम देखिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण