भोल्भोको विद्युतीय कारमा आगलागी
नयाँ दिल्ली । स्वीडिस अटो निर्माता कम्पनी भोल्भो प्रविधि र विशेष सुरक्षा फिचर भएका सवारी साधनको लागि चर्चित छ । भोल्भोको हालसालै सार्वजनिक गरेको विद्युतीय कारमा आगलागी भएको एउटा भिडियो सार्वजनिक भएको छ । गुडिरहेको कारमा आगो लाग्न थालेपछि यात्रीहरुले हाम फालेर ज्यान बचाएका थिए । सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनिरहेको छ ।
सडकको किनारामा गुडिरहेको भोल्भो सी४० रिचार्जमा ह्वारह्वारती आगो लागिरहेको देख्न सकिन्छ । यो घटना भारतको हो । छत्तीसगढको महासमुन्द जिल्लाको एनएच ५३ सडकमा यो दुघर्टना भएको हो । कारबाट धुवाँ निस्किन थालेपछि कारभित्र सवार यात्रुहरूले हाम फालेर ज्यान जोगाएका थिए । घटनाको समयमा कारमा चार जना सवार थिए । गुडिरहेको कारमा अचानक आगलागी भएको थियो ।
कारमा आगो कसरी लाग्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । कम्पनीले पनि यसबारे कुनै विज्ञप्ति जारी गरेको छैन । भोल्भोले गएको वर्ष सेप्टेम्बरमा कार लञ्च गरेको थियो । भारतीय बजारमा शोरुम बाहिर यो कारको शुरुआती मूल्य ६१ लाख २५ हजार भारु हो । यो कारमा ड्युअल इलेक्ट्रिक मोटर प्रविधिको प्रयोग गरिएको छ । एक पटकको चार्जमा कार ५३० किमीसम्म गुड्न सक्ने दाबी कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण