सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भोल्भोको विद्युतीय कारमा आगलागी

सोमबार, १५ माघ २०८०, १५ : ४४
सोमबार, १५ माघ २०८०

नयाँ दिल्ली । स्वीडिस अटो निर्माता कम्पनी भोल्भो प्रविधि र विशेष सुरक्षा फिचर भएका सवारी साधनको लागि चर्चित छ । भोल्भोको हालसालै सार्वजनिक गरेको विद्युतीय कारमा आगलागी भएको एउटा भिडियो सार्वजनिक भएको छ । गुडिरहेको कारमा आगो लाग्न थालेपछि यात्रीहरुले हाम फालेर ज्यान बचाएका थिए । सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनिरहेको छ ।

सडकको किनारामा गुडिरहेको भोल्भो सी४० रिचार्जमा ह्वारह्वारती आगो लागिरहेको देख्न सकिन्छ । यो घटना भारतको हो । छत्तीसगढको महासमुन्द जिल्लाको एनएच ५३ सडकमा यो दुघर्टना भएको हो । कारबाट धुवाँ निस्किन थालेपछि कारभित्र सवार यात्रुहरूले हाम फालेर ज्यान जोगाएका थिए । घटनाको समयमा कारमा चार जना सवार थिए । गुडिरहेको कारमा अचानक आगलागी भएको थियो ।

कारमा आगो कसरी लाग्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । कम्पनीले पनि यसबारे कुनै विज्ञप्ति जारी गरेको छैन । भोल्भोले गएको वर्ष सेप्टेम्बरमा कार लञ्च गरेको थियो । भारतीय बजारमा शोरुम बाहिर यो कारको शुरुआती मूल्य  ६१ लाख २५ हजार भारु हो । यो कारमा ड्युअल इलेक्ट्रिक मोटर प्रविधिको प्रयोग गरिएको छ । एक पटकको चार्जमा कार ५३० किमीसम्म गुड्न सक्ने दाबी कम्पनीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप