नेपालगन्ज– कैलाश मानसरोवर उडान सुरु
नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।
भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए ।
पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा.ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताए ।
नेपाल एशोशिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रर्वद्धनमा नेपालगन्ज– कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगन्ज—पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण