राजश्व अनुसन्धान विभागले ६ महिनामा धरौटीबापत उठायो १३ करोड
काठमाडौँ । राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको ६ महिनामा धरौटी र लिलामीबापत १३ करोड ४५ लाख रुपैयाँ सङ्कलन गरेको छ । राजश्व छलीसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने विभागले माघ १२ गतेसम्मको अवधिमा उक्त रकम सङ्कलन गरेको हो ।
विभागले गत आर्थिक वर्ष २०७९/८० भरमा १३ करोड रुपैयाँ रकम धरौटी र लिलामीमार्फत सङ्कलन गरेको थियो । ६ महिनाको अवधिमा राजश्व चुहावटतर्फ १ अर्ब ६२ करोड बिगो तथा सजाय माग दाबी गर्दै २५ वटा मुद्दा दायर समेत गरेको छ । यस्तै, ४५ जनालाई प्रतिवादी बनाइएको छ ।
गत आर्थिक वर्षमा यो शीर्षकमा ३४ वटा मुद्दा दायर गर्दै विभागले १ अर्ब ४५ करोड रुपैयाँ बिगो दाबी गरेको थियो । यसका लागि ५९ जनालाई प्रतिवादी बनाइएको थियो । यस्तै, विदेशी विनिमय अपचलनतर्फ चालू वर्षको ६ महिनामा ४० वटा मुद्दा दायर गर्दै १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बिगो तथा सजाय माग दाबी गरेको छ ।
गत आर्थिक वर्षभरिमा विभागले यो शीर्षकमा ४३ वटा मुद्दा दायर गर्दै २४ करोड ४ लाख रुपैयाँ बिगो दाबी गरेको थियो । यसबाहेक, भीसीटीएसतर्फ चालू वर्षको ६ महिनामा ६९३ सवारी साधनविरुद्ध मुद्दा दायर भएको छ । यी सवारी साधनलाई २ करोड ७६ लाख ६० हजार रुपैयाँ जरिवाना रकम कायम गरिएको छ ।
गत वर्षभरिमा विभागले ४२७ वटा सवारीलाई कारबाही गर्दै २ करोड ५४ लाख रुपैयाँ जरिवाना कायम गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण