आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गुण्डा बोलाएर प्रेमिकालाई प्रपोज

मङ्गलबार, १६ माघ २०८०, १५ : ०७
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । सामाजिक सञ्जालमा हामीले प्रेमी प्रेमिकाले एक अर्कालाई प्रपोज गरेका अनेकौँ रोमान्टिक भिडियो दिनहुँ देखिरहेका छौँ । कसैले फूल दिएर त कसैले औठी दिएर प्रपोज गर्छन् ।

हालै सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भाइरल भिडियोमा कोलम्बियाका एक पुरुषले आफ्नो गर्लफ्रेन्डलाई बिलकुल अनौठो तरिकाले प्रपोज गरेका छन् । उनको तरिकाबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

पुरुषले गर्लफ्रेन्डलाई प्रपोज गर्न सुरुमा लुटपाटको नाटक गर्छन् । गुन्डाहरु आउँछन् । गुन्डाका हातमा बन्दुक र हतियारहरु हुन्छन् । यो भिडियो सामाजिक सञ्जाल इन्ष्टाग्राममा शेयर गरिएको छ । भिडियो शनिबारको भएको बताइएको छ । भिडियोमा सुरुमा एउटा रातो रंगको कार देखिन्छ । कारभित्र एक युवक र युवती छन् । मोटरसाइकलमा २ जना र हिँडेर आएका एक जनाले कारलाई घेर्छन् । त्यतिनै बेला अर्को बाइकमा २ जना आउँछन् । पाँच जना मिलेर कारभित्र सवार युवा युवतीलाई जर्बजस्ती बाहिर निकाल्छन् ।

युवती निकै डराएको देखिन्छिन् । पाँचमध्ये तीन जनाले युवती र दुईले पुरुषलाई समातेका छन् । पुरुषलाई घुँडा टेक्न लगाइन्छ । केहीबेर पछि युवकले बगलीबाट औँठी निकाल्दै युवतीलाई प्रपोज गर्छन् । यतिबेला बल्ल युवतीलाई लुटपाटको घटना नाटक हो भनेर महसुस हुन्छ । यो सबै ब्वायफ्रेन्डले आफूलाई प्रपोज गर्नका लागि सृजना गरेको भन्ने उनले थाहा पाउँछिन् । सुरुमा युवती रिसाउँछिन्, प्रेमीलाई पिट्छिन् पनि । तर पछि औँठी लगाएर दुईले एक अर्कालाई चुम्बन गरिरहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप