‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
काठमाडौँ । अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस् वर्ल्ड–२०२३’ को उपाधि जर्मनीकी महिला जुलिया क्यारोलिनले जितेकी छिन् । विश्वका ५७ भन्दा बढी देशका महिलाहरूको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरण लागि विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।
यिनै ३८ देशका महिलाबाट जुलियाले उपाधि चुमेकी हुन् । मेडिकल डक्टर समेत रहेकी जुलियाले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस् नेपाल वर्ल्ड पृथ्वीया थापाले गरेकी थिइन् । उनी प्रतियोगिताको सेमिफाइनलसम्म पुग्दै ह्युमनिटेरियन अवार्ड हात पार्न सफल भएकी छन् ।
प्रतियोगिताको शीर्ष बाहेकको अन्य सात उपाधिमा नेपालले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताइन् । ‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपाधि दिलाउन सक्नुलाई मैले एउटा ठुलै सफलताको रूपमा लिएको छु । आउँदा दिनमा हामीले अझ तयारी गरेमा मिसेस् वर्ल्डको उपाधि जित्न पनि सकिन्छ’ पृथ्वीयाले भनिन् । उनी यसैसाता नेपाल फर्किंदैछिन् ।
मिसेस् नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले पृथ्वीयाको उपलब्धि आफूले ठुलो सफलताको रूपमा लिएको बताए । ‘मिसेस् वर्ल्डमा हामीले भाग लिएको यो दोश्रोपटक हो । दोश्रोपटकमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो’ झाले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण