पोखरामा छतबाट खसेर इन्जिनियरको मृत्यु
मङ्गलबार, १६ माघ २०८०, १७ : १६
पोखरा । पोखरामा निर्माणाधीन होटेलको छतबाट खसेर इन्जिनियरको मृत्यु भएको छ । मङ्गलवार लेक साइडमा निर्माण भइरहेको घरबाट खसेर ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको हो ।
चिनीमाया भण्डारीको होटेलको पाँचौँ तलाबाट सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर उनी खसेका थिए । गम्भीर घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी न्युरोडस्थित मुक्ति इनर्जीबाट त्यहाँ खटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको वैदाम प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण