पोखरामा छतबाट खसेर इन्जिनियरको मृत्यु
मङ्गलबार, १६ माघ २०८०, १७ : १६
_L8Qm8lBnvO.jpg)
पोखरा । पोखरामा निर्माणाधीन होटेलको छतबाट खसेर इन्जिनियरको मृत्यु भएको छ । मङ्गलवार लेक साइडमा निर्माण भइरहेको घरबाट खसेर ३७ वर्षका इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको हो ।
चिनीमाया भण्डारीको होटेलको पाँचौँ तलाबाट सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर उनी खसेका थिए । गम्भीर घाइते भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी न्युरोडस्थित मुक्ति इनर्जीबाट त्यहाँ खटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको वैदाम प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता