पुष्पा २ को सेटबाट अल्लु अर्जुनको अनौठो लुक बाहिरिएपछि...
चेन्नई । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन यतिबेला पुष्पा–२ः द रुलको सुटिङमा व्यस्त छन् । यस वर्षको बहुप्रतिक्षित फिल्ममा अल्लुको यो फिल्म शीर्ष स्थानमा पर्छ ।
अहिले फिल्मको सुटिङ जोडतोडका साथ चलिरहेको छ । यसैबिच फिल्मको सुटिङ सेटबाट केही तस्बिर अनलाइनमा लिक भएका थिए ।
यो तस्बिरहरूमा एक्समा भाइरल भएका छन् । फोटोमा अल्लु ‘गंगम्मा थल्ली’को अवतारमा देखिएका छन् ।
यसअघि मेकरहरुले पुष्पा २ को पोस्टरमा अर्जुनको यही लुक शेयर गरेका थिए । भाइरल तस्बिरमा अर्जुनले साडी लगाएका छन् ।
फर्स्ट लुक पोस्टरमा पनि अल्लु महिलाको पहिरनमा देखिएका थिए । यो तस्बिर हेरेर धेरैले अल्लुले तिरुपति प्रचलित अनुष्ठान ‘गंगम्मा तल्ली जथारा’ मा भाग लिन लागेको अनुमान गरेका थिए ।
तिरुपतिमा बर्सेनि एक हप्तासम्म ‘गंगम्मा तल्ली जथारा’ मा मनाइन्छ । यो अनुष्ठानको अन्तिम दिनमा पुरुषहरू महिला जस्तै गरी तयार भएर गंगम्माको रूपमा देखिन्छन् ।
सुकुमारको निर्देशनमा बन्न लागेको पुष्पा २ यही वर्ष अगस्ट १५ मा रिलिज गरिने भव्य तयारी भइरहेको छ । यो फिल्ममा अल्लु, फहद फासिल र रश्मीका मन्दनाको मुख्य भूमिका रहेको छ ।
फिल्म ५०० करोड भारु बजेटमा बनाउन लागिएको छ । यो प्यान इन्डिया फिल्म हुनेछ । फिल्म तमिल, तेलुगु र हिन्दी बाहेक अन्य भाषामा पनि रिलिज गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण