त्रिविकाे अनलाइन खाेल्दा व्यक्तिको फेसबुक खुलेपछि...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गतेबाट अनलाइन सेवा सुरू गर्यो।
पनिकाले प्रदान गर्ने सेवाहरू अनलाइनमार्फत प्रवाह गर्ने भन्दै अनलाइन सिस्टमकाे विकास गरेकाे थियाे । उक्त कार्यकाे त्रिविका उपकुलपति प्राडा शिवलाल भुसालले उद्घाटन समेत गरे । अनलाइन सेवा सुरू गरेकाे दाेस्राे दिन नै समस्या देखिएकाे छ।
हिजोदेखि अनलाइन सेवा सुरु गरेको पनिकाकाे www.tuexam.edu.np खोल्दा सिधै राेहित राेकाया भन्ने फेसबुक अकाउन्ट खुल्न थालेकाे हाे।
आज दिउसाेसम्म सर्भर नै डाउन थियाे । तर, अहिले भने वेबसाइट खुल्दा व्यक्तिको फेसबुक नै खुल्न थालेकाे हाे। पुर्व तयारी बिना तथा अनलाइन पुर्ण नगरिकन अनलाइन सेवा सुरू गरेपछि यस्ताे समस्या आएकाे हाे। यसअघि अनलाइन सिस्टमकाे माघ १० गते डेमाे गरिएकाे थियाे। उक्त डेमा भने सफल भएकाे थियाे। वेबसाइट भद्रगोल भएको विषयमा पनिकाले भने केही जानकारी दिएकाे छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन