त्रिविकाे अनलाइन खाेल्दा व्यक्तिको फेसबुक खुलेपछि...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गतेबाट अनलाइन सेवा सुरू गर्यो।
पनिकाले प्रदान गर्ने सेवाहरू अनलाइनमार्फत प्रवाह गर्ने भन्दै अनलाइन सिस्टमकाे विकास गरेकाे थियाे । उक्त कार्यकाे त्रिविका उपकुलपति प्राडा शिवलाल भुसालले उद्घाटन समेत गरे । अनलाइन सेवा सुरू गरेकाे दाेस्राे दिन नै समस्या देखिएकाे छ।
हिजोदेखि अनलाइन सेवा सुरु गरेको पनिकाकाे www.tuexam.edu.np खोल्दा सिधै राेहित राेकाया भन्ने फेसबुक अकाउन्ट खुल्न थालेकाे हाे।
आज दिउसाेसम्म सर्भर नै डाउन थियाे । तर, अहिले भने वेबसाइट खुल्दा व्यक्तिको फेसबुक नै खुल्न थालेकाे हाे। पुर्व तयारी बिना तथा अनलाइन पुर्ण नगरिकन अनलाइन सेवा सुरू गरेपछि यस्ताे समस्या आएकाे हाे। यसअघि अनलाइन सिस्टमकाे माघ १० गते डेमाे गरिएकाे थियाे। उक्त डेमा भने सफल भएकाे थियाे। वेबसाइट भद्रगोल भएको विषयमा पनिकाले भने केही जानकारी दिएकाे छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण