आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाली ड्रामा हेर्ने किशोरलाई १२ वर्षको कठोर जेल सजाय

बुधबार, १७ माघ २०८०, ११ : ३३
बुधबार, १७ माघ २०८०

प्योङयाङ । उत्तर कोरियाले दुई किशोरलाई १२ वर्षसम्मको कठोर मजदुरीसहितको जेल सजाय सुनाएको छ । दक्षिण कोरियाली ड्रामा हेरेको आरोपमा १६ वर्षीय किशोरलाई सो सजाय दिइएको हो । अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनेको छ । बीबीसीले पाएको एउटा भिडियोमा खैरो पोसाक लगाएका २ किशोर मञ्चमा छन् । किशोरहरूले यो सजाय पाइरहँदा सयौँ मानिसहरू दर्शक बनेर हेरिरहेका छन् ।

सन् २०२० मा उत्तर कोरियाले दक्षिण कोरियाली मनोरञ्जनका साधन वितरण गरेको वा हेरेको पाइएमा मृत्यु दण्ड र जेल कारावाससहितको कठोर परिश्रमको सजाय दिइने कानुन लागू गरेको थियो । तर केही मानिसहरू अझै पनि आफ्नो ज्यान नै जोखिममा पारेर दक्षिण कोरियाका ड्रामा हेरिरहेका छन् । 

उत्तर कोरियामा अमेरिकी ड्रामा वा गीत सुन्नेहरूले पक्राउ परे भने सानो तिनो घुस दिएर पनि ज्यान जोगाउन सक्छन् । तर कोरियाली गीत संगित सुनेको वा के–ड्रामा हेरेको आरोपमा पक्राउ पर्नेहरूको सजाय निकै भयानक हुन्छ । दक्षिण कोरियाली गीत सुनेको अनि आफ्नो साथीलाई पनि गीत सुनाएको आरोप लागेका एक जना २२ वर्षीय युवकको गोली हानेर हत्या गरिएको थियो । उत्तर कोरियाले आफ्ना जनतालाई दक्षिण कोरियालीहरू उनीहरूको भन्दा पनि गए गुज्रेको जीवन बाँचिरहेका छन् भनेर पढाउने गरेका छन् । दक्षिण कोरियाली ड्रामामा विल्कुल फरक कुरा देख्न पाइन्छ । त्यसैले पनि उत्तर कोरियाली अधिकारीहरूले दक्षिणको ड्रामा प्रति सशङ्कित भएका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप