ह्वाट्सएपमा केही हेरफेर, यस्तो अवस्थामा पैसा तिर्नुपर्ने
काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपमा केही अपडेट गरेको छ । अपडेटका साथै कम्पनीले एपमा केही हेरफेर पनि गरेको छ । एउटा परिवर्तन भने च्याट ब्याकअप स्टोरेजको सिफ्टिङमा गरिएको छ ।
कम्पनीले गएको वर्ष नै आफ्नो अपडेटेड सर्त तथा बन्देजहरूमा सन् २०२४ को सुरुआतदेखि च्याट ब्याकअपका लागि ह्वाट्सएपको डेडिकेटेड स्पेसको प्रयोग नहुने घोषणा गरेको थियो । यसको लागि गुगल ड्राइभको प्रयोग गरिनेछ । नयाँ वर्षको पहिलो महिना सकिनै लागिसकेको छ । यसैबिच ह्वाट्सएपले च्याट र मिडिया ब्याकअपका लागि गुगल ड्राइभमा ट्रान्जिशन गरेको छ ।
अर्थात् तपाईँले आफ्नो स्टोरेजलाई खाली राख्नु पर्नेछ वा अतिरिक्त स्टोरेजको लागि पैसा तिर्नु पर्नेछ । ब्याकअपका लागि अब तपाईँले गुगल क्लाउड सर्भिसको पेड वा फ्री प्लान चलाउन सक्नु हुन्छ । ह्वाट्सएप च्याटको ब्याकअप तपाईँले ह्वाट्स एपमा लिंक गर्नु भएको जीमेल एकाउन्टको गुगल ड्राइभोमा सेभ हुनेछ । अहिले गुगल ड्राइइभको स्टोरेज गुगल फोटो र जीमेलले ओगटिरहेको छ । अब ह्वाट्सएपको स्टोरेजले पनि यसलाई खाइदिनेछ ।
च्याटको ब्याकअपका लागि गुगल ड्राइभ स्टोरेज स्पेसको प्रयोग नहोस् भन्ने चाहनु हुन्छ भने क्लाउड सर्भिसमा च्याट ब्याकअप नगर्ने अप्सन पनि रोज्न सक्नु हुन्छ । यसको सट्टा तपाईँले इन–बिल्ट च्याट ट्रान्सफर टुल प्रयोग गर्न सक्नु हुन्छ । अर्को तरिका चाहिँ च्याट हिष्ट्री ब्याकअप गर्दा इमेज र भिडियोलाई छोड्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण