घरको सरसफाइपछि श्रीमानले श्रीमतीलाई सवा १ लाख रुपैयाँको बिल पठाए
काठमाडौँ । आफ्नो घरको सरसफाइ जोकोहीले गर्छ । सरसफाइको जिम्मेवारी महिलाको काँधमा धेरै छ । यो जिम्मेवारी बाँडफाँट गर्ने पुरुषहरू पनि समाजमा देख्न पाइन्छ ।
यसैबिच एक जना पुरुषले आफ्नै घरको सरसफाइ गरेपछि श्रीमतीको नाममा बिल पठाएको बेलायतको एउटा घटनाले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । डेली टेलिग्राफमा छापिएको एउटा खबरका अनुसार ती पुरुषको नाम मार्क ह्याच हो । उनले क्लिन मी कार्पेट नाम गरेको सरसफाइ कम्पनी चलाउँछन् । एक दिन मार्कलाई आफ्नै घर सफा गर्ने काम आयो ।
यो काम उनले पूरै इमानदारीका साथ गरे । ६ घन्टासम्मको कठोर परिश्रमपछि उनले पूरै घर टिलिक्कै चम्काइदिए । त्यसपछि उनले आफूले गरेको कामको बिल श्रीमतीलाई थमाइदिए । खबरका अनुसार मार्कले थमाइदिएको बिलको रकम करिब ७०० पाउन्ड (लगभग १ लाख १८ हजार नेपाली रुपैयाँ) थियो । यो बिल भुक्तानी नभएपछि मार्कको कम्पनीले फेसबुकमा एक जना ग्राहकले भुक्तानी नगरेको भन्दै एउटा पोस्ट गरेको थियो ।
श्रीमतीसँग ह्वाट्स एप म्यासेजमा भएको कुराकानीको स्क्रिनसट फेसबुकमा पोस्ट गर्दै मार्कले लामो स्ट्याटस लेखेका छन् । ‘एउटा ठुलो कर्नर सोफा, ३ बेडरुमको गलैँचा अनि भुईँ सफा गरेको देखेर ग्राहकले आफू निकै खुसी भएको बताइन् । तर भुक्तानीको अनुरोध गरेपछि ग्राहकले हामीलाई यस्तो खालको सन्देश पठाइन्,’ श्रीमतीको जवाफ उदृत गर्दै उनले लेखेका छन्, ‘आफ्नो भावनालाई काबुमा राख, हामी विवाहित हौँ अनि हाम्रो ३ सन्तान पनि छन् ।’ यो स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण