आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको प्रदेश विपद् ऐन संशोधन गर्न बनेको विधेयक विषयगत समितिमा पेस

बुधबार, १७ माघ २०८०, १५ : १३
बुधबार, १७ माघ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी संशोधन गर्न बनेको विधेयक छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

बुधबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको चौथो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको प्रस्तावमा विधेयक छलफलका लागि पठाइएको हो ।

मन्त्री चौधरीले प्रदेशसभा नियमावली २०७४ को नियम १०८ को उपनियम १ को 'ख' बमोजिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला तथा विधायन समितिमा पेस गर्न यो प्रस्ताव पेस गरेका थिए । 

सो विधेयक विषयगत समितिमा छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत ढंगले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप