सुदूरपश्चिमको प्रदेश विपद् ऐन संशोधन गर्न बनेको विधेयक विषयगत समितिमा पेस
बुधबार, १७ माघ २०८०, १५ : १३
धनगढी । सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी संशोधन गर्न बनेको विधेयक छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।
बुधबार बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको चौथो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको प्रस्तावमा विधेयक छलफलका लागि पठाइएको हो ।
मन्त्री चौधरीले प्रदेशसभा नियमावली २०७४ को नियम १०८ को उपनियम १ को 'ख' बमोजिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला तथा विधायन समितिमा पेस गर्न यो प्रस्ताव पेस गरेका थिए ।
सो विधेयक विषयगत समितिमा छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत ढंगले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण