शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरले सुरु गर्‍यो ‘मोबाइल अलर्ट’ सेवा, प्रहरीलाई मोबाइलबाटै २१ वटा अलर्ट

बिहीबार, १८ माघ २०८०, ११ : ४९
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । ललितपुर महानगरपालिकाले आजदेखि ‘एलएमसी मोबाइल अलर्ट एप’ सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई विभिन्न २१ वटा क्षेत्रको अलर्ट दिने लक्ष्यसहित महानगरले अलर्ट मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

महानगरपालिकाका अनुसार यो एपले छिटो र छरितोरुपमा ललितपुर नगर प्रहरीलाई अलर्ट र गुनासो पठाउनेछ । यो एपमार्फत २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिने महानर प्रमुख चिरिबाबु महर्जनले बताए ।

chiribabu maharjan

ललितपुर महानगरपालिका क्षेत्र भित्र आउने समस्या, विपत्ति वा गुनासो भएमा ३ ट्यापमा नगर प्रहरीसम्म पुर्‍याउन सकिने छ । महानगरवासीलाई प्रयोगमा समस्या नपरोस् भनेर महानगरले आफलाइन मोडमा नै गुनासो तथा अलर्ट गर्न सकिनेछ । यस्तै, गोप्य सूचनाको हकमा मोबाइल नम्बर गोप्य राख्न समेत सकिनेछ ।

415964229_408983961693847_4262653648205365299_n

महानगर भित्र दमकल चाहिएमा यो एपमार्फत अलर्ट पठाउन सकिनेछ । यस्तै, एम्बुलेसन्स, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङ, बिना स्वीकृति संरचना, लैगिंक हिंसा, शैक्षिक संस्थानमा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवामा क्षति लगायतका अलर्ट समेत एपमार्फत पठाउन सकिनेछ ।

फुटपाथमा व्यापार भइरहेको देखेमा, सडक बत्ती बिग्रिएको वा समस्या भएमा र अनधिकृत विज्ञापन, विपद्, सडक मानव, कालो बजारी, बाढी र पहिरो तथा छाडा गाईवस्तुबारे समेत मोबाइल एपमार्फत नगर प्रहरीलाई अलर्ट गराउन सक्ने तथा गुनासो गर्न सक्ने व्यवस्था गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

Sitaram hachettu

यो एप चलाउनका लागि लोकेसन पर्मिसन मात्रै दिए पुग्ने बताइएको छ । लोकेसन पर्मिसन दिएर अलर्ट गराएपछि उभिएको स्थानको जीपीएस एपले नै सङ्कलन गर्ने बताइएको छ । इन्टरनेट भएको खण्डमा घटना वा दुर्घटनाको फोटो समेत एपमार्फत नै पठाउन सकिनेछ भने अफलाइन मोडमा समेत एप प्रयोग गरेर अलर्ट पठाउन सकिनेछ ।

416146631_308885701695828_3897977372144871725_n416208984_393165266726582_3043188143412134246_n423472218_764796654982096_6395767895867827584_nlmc police

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप