शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको लगानी सम्मेलन स्थगित गर्ने निर्णय

बिहीबार, १८ माघ २०८०, १४ : ३९
बिहीबार, १८ माघ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले फागुन २३ र २४ गते आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलन नहुने भएको छ ।

सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । तर सो निर्णय भने प्रदेश सरकारले हालसम्म सार्वजनिक नगरेको पाइएको हो ।

सम्मेलनका कार्यकारी समितिका सदस्य नृप सुनारले तयारी नपुग्ने भएको हुँदा आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए ।

पछिल्लो समय लगानी सम्मेलनको विरोध हुँदै आएको थियो । प्रदेश सभामा पनि सांसदहरुले सम्मेलनको विरोध गर्दै आएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप