‘महाजात्रा’को पोष्टरमा यस्तो देखियो हरिवंशको भिलेन अवतार
काठमाडौँ । ‘महाजात्रा’ चैत्र ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । प्रदीप भट्टराई निर्देशित फिल्म यो वर्षको प्रतिक्षित फिल्मको सूचिमा पनि छ ।
निर्माण युनिटले बिहीबार फिल्मको एक पोष्टर सार्वजनिक गरेको छ । जसमा अभिनेता हरिवंश आचार्यलाई केन्द्रमा राखिएको छ । यसअघिको पोष्टरमा हरिवंश ह्वीलचियरमा थिए ।
पोष्टर हेर्दा यो पटक फिल्मका मुख्य तीन पात्र विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बनियाँलाई हरिवंशले घुमाउने अनुमान गर्न सकिन्छ । फिल्म ‘महापुरुष’बाट राम्रो प्रशंसा पाएका हरिवंशको यस फिल्ममा पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।
लेखन समेत निर्देशक भट्टराईको रहेको फिल्ममा वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।
षट्कोण आर्ट्सको प्रस्तुतिमा तयार भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण